Skip to main content

टेक्ससको तालमा टेस्ला साइबरट्रक चलाउन खोज्दा एक जना पक्राउ

संयुक्त राज्य अमेरिकाको टेक्ससस्थित एक तालमा टेस्ला साइबरट्रकलाई पानीमा चलाउने प्रयास गरेको व्यक्तिलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ। चालकले साइबरट्रकको ‘वेइड मोड’ सक्षम गरी उक्त सवारी साधनलाई पानीमा चलाउन चाहेको बताइएको छ।

टेस्लाका अनुसार, अधिकतम ८१.५ सेन्टिमिटर गहिराइ भएको जलाशयमा मात्र ‘वेइड मोड’ प्रयोग गर्न सकिन्छ र यसले गाडीलाई पानीमा डुब्नबाट जोगाउँछ। टेस्ला साइबरट्रक विद्युतीय पिकअप ट्रक हो र गोली नछिर्ने स्टीलबाट निर्मित भएको जनाइएको छ। यसको न्यूनतम मूल्य करिब ७०,००० अमेरिकी डलर रहेको छ।

पक्राउ पर्ने चालकले तालको प्रतिबन्धित क्षेत्रभित्र गाडी चलाएका थिए र जलसुरक्षा उपकरणहरूमा समेत अवरोध पुर्‍याएको आरोप प्रहरीले लगाएको छ।