
फिफाले फिफा विश्वकप २०२६ का लागि दुई महिला सहित ५२ जना रेफ्रिहरूलाई खेल सञ्चालन गर्नका लागि चयन गरेको छ। विश्वकप आगामी जुन १२ देखि संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुनेछ र यसमा ४८ टोलीले सहभागिता जनाउनेछन्। फिफाले कुल १७० म्याच अफिसियलहरूको छनोट गरेको छ, जुन २०२२ को विश्वकपमा चयन भएका १३९ भन्दा बढी हो।
फिफा विश्वकप २०२६ मा दुई महिलासहित ५२ जना रेफ्रिहरूले खेल संचालन गर्नेछन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार घोषणा गरेको रेफ्रिहरूको सूचिमा २ महिला रेफ्रिहरू समेत सामेल छन्। यसमा तीन जना महिला सहायक रेफ्रिहरू र एक जना भिडियो म्याच अफिसियल पनि चयन भएका छन्। चार वर्षअघि कतारमा सम्पन्न विश्वकपमा तीन महिला रेफ्रिहरू र तीन महिला सहायक रेफ्रिहरू थिए। तीमध्ये एक पेन्सोले २०२३ को महिला विश्वकप फाइनल खेलमा रेफरि भूमिका निभाएकी थिइन्।
फिफाले नियुक्ति दीर्घकालीन गुणस्तरमा आधारित रहेको जनाएको छ। फिफाका अनुसार कुल १७० जना म्याच अफिसियलहरूमा ५२ जना रेफ्रिहरू, ८८ जना सहायक रेफ्रिहरू र ३० जना भिडियो म्याच अफिसियलहरू टुर्नामेन्टमा सहभागी हुनेछन्। यो संख्या २०२२ को फिफा विश्वकपको १३९ भन्दा बढी हो। २०२६ को विश्वकप ४८ टोली र १०४ खेलहरू सहित अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वकप बन्नेछ।

