Skip to main content

कैलालीमा तालिमरत सशस्त्र प्रहरीका ८ जवान बेहोस, हेलिकप्टरमार्फत उद्धार

कैलालीको टीकापुरमा तालिमरत सशस्त्र प्रहरीका ८ जवान बेहोस भएका छन्। बेहोस भएका ५ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ। उनीहरू सशस्त्र प्रहरी जवानको आधारभूत तालिमका प्रशिक्षार्थी हुन्। ८ जेठ, काठमाडौं।

बेहोस हुनेहरूमा जवान बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरणनाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन्। सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, बेहोसमध्ये ५ जनाको अवस्था गम्भीर छ। गम्भीर रहेका ५ जनालाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको उनले बताए।

टीकापुरस्थित सशस्त्र प्रहरीको राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिमको क्रममा उनीहरू बेहोस भएका थिए। उनीहरू सशस्त्र प्रहरी जवानको आधारभूत तालिमका प्रशिक्षार्थी हुन्।