Skip to main content

महासचिव, तीन उपमहासचिव र पाँच सचिवले व्यक्त गरे धारणा

नेकपा एमालेको दोस्रो दिनको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सम्पन्न भयो। महासचिव शंकर पोखरेल, तीन उपमहासचिव र पाँच सचिवले धारणा व्यक्त गरेका छन् भनी उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। भोलि चार सचिवले धारणा राख्ने र प्रस्तावित ११ एजेण्डामा छलफल अगाडि बढ्ने जानकारी दिइएको छ। ९ जेठ, काठमाडौं।

आजको बैठकमा महासचिव शंकर पोखरेलले आफ्ना धारणा व्यक्त गरे। त्यस्तै, पार्टीका तीन उपमहासचिव र पाँच जना सचिवहरूले पनि धारणा सार्वजनिक गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। ‘उनीहरूले आफ्ना विचारहरू गहिरोसँग व्यक्त गरे। हिजोदेखि आजसम्मका अनुभव र अनुभूतिहरू सबै प्रस्तुत गरिएको छ,’ उनले भने।

भोलि थप चार सचिवले धारणा राख्ने र प्रस्तावित एजेन्डामा छलफल अगाडि बढ्ने पनि उनले बताए। ‘भोलि बाँकी चार जना सचिवले कुरा राखेपछि, हामी प्रस्तावित ११ वटा एजेन्डा अनुसार छलफल अगाडि बढाउने छौं,’ उनले थपे। बैठकको बीचमा अध्यक्ष ओलीले निर्देशन दिने कार्यसमेत भएको उनले बताए।