Skip to main content

सिन्धुलीको सुनकोशी नदीमा डुबेर दुई बालकको मृत्यु

सिन्धुलीको सुनकोशी गाउँपालिका–५ सित्खास्थित सुनकोशी नदीको भङ्गालोमा डुबेर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनकोशी–३ बोहोरेटार बस्ने ९ वर्षीय सफल पुलामी मगर र १० वर्षीय युकेस विक रहेका छन्। नुहाउने क्रममा बेपत्ता भएका उनीहरूको शव नुहाएको स्थानभन्दा करिब १५० मिटर तल सुनकोशी नदी किनारमा फेला परेको हो। १० जेठ, काभ्रेपलाञ्चोक।

जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्रबहादुर सिंहका अनुसार, सुनकोशी-४ घर भई हाल सुनकोशी-३ बोहोरेटार बस्ने ९ वर्षे सफल पुलामी मगर र सुनकोशी-५ बन्दीपुर घर भई हाल सुनकोशी-३ बोहोरेटार बस्ने १० वर्षे युकेस विकको मृत्यु भएको हो। प्रहरीको भनाइ अनुसार उनीहरूको शव नुहाउन गएका स्थानदेखि करिब १५० मिटर पूर्वी तर्फ सुनकोशी नदी किनारमा फेला परेको थियो।

दुई बालक नुहाउने क्रममा बेपत्ता भएपछि प्रहरी टोली र सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस खुर्कोट, सिन्धुलीबाट उद्धार सामग्री सहितको टोली परिचालन गरिएको थियो।