Skip to main content

सालाहको अन्तिम खेलमा लिभरपुलले ब्रेन्टफोर्डसँग १-१ गोलको ड्र खेले

इङ्लिश प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार रातिको खेलमा लिभरपुल र ब्रेन्टफोर्डले १-१ गोलको बराबरी खेलेका छन्। लिभरपुलका लागि यो खेल मोहमद सालाहको अन्तिम खेल थियो, जसले असिस्टको कीर्तिमान बराबरी गरे र प्लेयर अफ द म्याच पद सहित उत्कृष्ट प्रदर्शन गरे। लिगको अन्तिम खेलमा बराबरी गरेसँगै लिभरपुलले ६० अंक जोडेर पाँचौं स्थानमा रहँदै च्याम्पियन्स लिगमा छनोट भएको छ। १० जेठ, काठमाडौं।

इंग्लिश प्रिमियर लिगमा लिभरपुलले ब्रेन्टफोर्डसँग १-१ गोलको बराबरी खेलेको छ। आइतबार राति घरेलु मैदानमा भएको खेलमा ५७औं मिनेटमा कर्टिस जोन्सको गोलमार्फत अग्रता लिएको लिभरपुलले उक्त अग्रता धेरैबेर जोगाउन सकेन। ६३औं मिनेटमा केभिन स्केडले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि कुनै पनि टोलीबाट थप गोल हुन सकेन।

सालाहले आफ्नो अन्तिम खेलमा जोन्सको गोलमा असिस्ट गरे। उनले लिभरपुलका लागि सर्वाधिक असिस्ट गर्ने स्टेभेन जेरार्ड (९२) को कीर्तिमान तोडे। बराबरीपछि लिभरपुल ३८ खेलमा ६० अंकसहित पाँचौं स्थानमा रहेर च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्न सफल भयो। ब्रेन्टफोर्ड भने ५३ अंकसहित नवौं स्थानमा रहेको छ।