Skip to main content

श्रम संस्कृतिका सांसदको प्रश्न– जिवी राई कहिले पक्राउ पर्छन्?

समाचार सारांश श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी ठगीका आरोपी जिवी राई कहिले पक्राउ पर्छन् भनेर प्रतिनिधिसभामा प्रश्न उठाए। उनले प्रतिनिधिसभा बैठकमा बाँदर व्यवस्थापन, सुकुम्वासी समस्या समाधान र सहकारी पीडितको बचत फिर्ता गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराए। सांसद राईले सहकारीमा डुबेको पैसा बचतकर्ताले कहिले र कसरी फिर्ता पाउँछन् भनी किसानका समस्या तत्काल समाधान गर्न आग्रह गरे। १२ जेठ, काठमाडौं।

सहकारी ठगीमा संलग्न रहेको आरोप लागेका जिवी राई कहिले पक्राउ पर्छन्? संसदमा यस्तो प्रश्न उठेको छ। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सरकारलाई यसबारे प्रश्न गरिरहेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘बाँदर व्यवस्थापन कहिले हुन्छ सरकारले? सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई सरकारले छ भन्ने अनुभूति गराउने गरी व्यवस्थापन कहिले हुन्छ? जिवी राई कहिले पक्राउ पर्छन्?’

सहकारीमा डुबेको पैसा बचतकर्ताले फिर्ता पाउनुपर्ने तर सरकारले तिर्ने विषय के हो भनेर समेत प्रश्न गरेका छन्। किसानका समस्या व्यवहारमै समाधान गर्न उनले आग्रह गरेका छन्। सडक आयोजनाको अवस्थाबारे पनि ध्यान दिन सुझाव दिएका छन्।