Skip to main content

नेपाल ए टोली वर्षाले प्रभावित खेलमा केरलासँग पराजित

भारतको उत्तराखण्डमा चलिरहेको ४२औं अल इन्डिया उत्तराखण्ड गोल्डकप क्रिकेटको पहिलो खेलमा नेपाल ए टोली केरलासँग डीएल पद्धतिअनुसार १५ रनले पराजित भएको छ। उक्त खेलमा पहिले ब्याटिङ गरेको केरलाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३१ रनको ठूलो योगफल तयार पारेको थियो। तीन सय बत्तीस रनको लक्ष्य पछ्याइरहेको नेपाल २२.३ ओभरमा १३४ रन बनाउँदा वर्षाले बाधा पुर्‍याएपछि खेलको नतिजा डीएल पद्धतिबाट निर्णीत भएको हो। १६ जेठ, काठमाडौं।

नेपाल ए टोलीले केरलाले दिएको ३३२ रनको विशाल लक्ष्य पछ्याउँदै गर्दा २२.३ ओभरमा १३४-३ को अवस्थामा खेल रद्द भएको थियो। वर्षा भएकाले नेपाल ए टोली १५ रनले पराजित भएको हो। नेपाल ए का लागि देव खनालले ५७ तथा अर्जुन कुमालले ५० रन बनाए। कप्तान अनिल साह १९ रन बनाएर नटआउट थिए।

केरलाका लागि फानूज फैज र असिफ सलामले १-१ विकेट लिए। पहिले टस हारेर ब्याटिङ गरेको केरलाले ५० ओभरमा ७ विकेट गुमाएर ३३१ रन बनाएको थियो। अहमद इमरानले १२२ रन बनाए भने अभिषेकले ५६ र मोहम्मद अजहरुद्दिनले ५५ रन बनाए। नेपालका लागि आकाश चन्दले ३, बिपिन खत्रीले २ तथा राशिद खान र बसिर अहमदले १-१ विकेट लिए।