
नेपाली क्रिकेट टोलीका ब्याट्सम्यान कुशल भुर्तेलले आईसीसी टी-२० ब्याटिङ वरियतामा दुई स्थान उक्लिएर ६४औं स्थानमा पुगेका छन्। आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार भुर्तेल २ स्थान अघि बढेर ६४औं स्थानमा पुगेका हुन्। उनको रेटिङ स्कोर ४९६ छ। २० जेठ, काठमाडौं।
नेपाली पुरुष टोली सिंगापुरमा आयोजना भइरहेको एसियन गेम्स छनोट खेलमा सहभागि छ। पहिलो खेलमा आइतबार नेपालले चीनलाई पराजित गरेको थियो। उक्त खेलमा भुर्तेलले ४३ बलमा ५ चौका र १६ छक्का प्रहार गर्दै १२९ रन बनाए। यद्यपि, उनको वरियता दुई स्थान मात्र सुधार भएको हो।
ब्याटिङ वरियता सूचीमा रोहित पौडेल ८८औं स्थानमा र आसिफ शेख ९६औं स्थानमा छन्। अलराउन्डर वरियतामा दीपेन्द्रसिंह ऐरी एक स्थान तल झरेर पाँचौँ स्थानमा पुगेका छन्।






