
प्रहरीले देशका विभिन्न क्षेत्रहरूबाट अवैध लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा ३२ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन, गाँजा र चिकित्सकीय सिफारिस अनिवार्य पर्ने नियन्त्रित औषधिहरू बरामद गरिएको छ। २० जेठ, काठमाडौं।
नियमित गस्तीका क्रममा रहेका प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३२ जनालाई नियन्त्रणमा लिएको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चितवनबाट ९ जना, झापा र मोरङबाट प्रत्येक स्थानबाट ४/४ जना, भक्तपुर र नवलपरासीबाट ३/३ जना, काठमाडौं र रुपन्देहीबाट दुई/दुई जना तथा तनहुँ, रसुवा, दाङ, सिन्धुली र सिरहाबाट प्रत्येक स्थानबाट एक/एक जना पक्राउ परेका छन्।
पक्राउ परेका व्यक्तिहरूको साथबाट अवैध खैरो हेरोइन र गाँजासहित चिकित्सकको सिफारिसबिना खरिद गर्न नपाइने ट्रामाडोल, टापेन्टाडोल, नाइट्राभेट, नाइट्राजेपाम र स्पास्मोलाई समेत बरामद गरिएको छ।






