Skip to main content

फिफा विश्वकप २०२६ मा उपस्थित नहुने प्रमुख स्टारहरू

युरोपियन च्याम्पियन्स लिग जित्दै सिजनको उत्कृष्ट खेलाडी घोषित भएका जर्जियन मेस्सी र कभाराडोना उपनामले चिनिने २५ वर्षीय विंगर ‘क्वारा’ यस पटक फिफा विश्वकप २०२६ मा देखिने छैनन्। समाचार अनुसार, जर्जियन फुटबलर ख्भिचा कभारात्स्खेलिया सम्मिलित फ्रेन्च क्लब पीएसजीले लगातार दोस्रो पटक युईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ। च्याम्पियन्स लिग २०२५-२६ को सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै कभारात्स्खेलिया प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका छन्। जर्जिया छनोट नहुँदा कभारात्स्खेलियाले आगामी फिफा विश्वकप २०२६ खेल्न नपाउने भएका हुन्। २१ जेठ, काठमाडौं।

जर्जियन मेसी, डिएगो म्याराडोनासँग जोडिएर ‘निकनेम’ अनि क्रिस्टियानो रोनाल्डो आदर्श खेलाडी। विश्वकै तीन महान् खेलाडीसँग नाम जोडिँदा कस्तो होला? यो आफैंमा एउटा गर्व महसुस हुने विषय हो। यी नामसँग जोडिएका खेलाडी हुन्, जर्जियन फुटबलर ख्भिचा कभारात्स्खेलिया। उनले भर्खरै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट युरोपकै सबैभन्दा प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको उपाधि जिते। पीएसजीलाई लगातार दोस्रो पटक च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका यी खेलाडीले व्यक्तिगत अवार्ड पनि पाए, युइएफए च्याम्पियन्स लिग २०२५-२६ को उत्कृष्ट खेलाडीको रुपमा। तर आफ्नो करियरकै सबैभन्दा उच्च लयमा रहेका २५ वर्षीय यी विंगर ख्विचा अबको सातादिनपछि सुरु हुने फिफा विश्वकप २०२६ मा देखिने छैनन्।

कभारात्स्खेलियाले २०२५-२६ को सिजनमा पीएसजीका लागि सर्वाधिक १० गोल गर्नुका साथै ६ असिस्ट गरेका थिए। रियल मड्रिडका किलिएन एमबाप्पे (१५) र बायर्न म्युनिकका ह्यारी केन (१४) भन्दा मात्र उनले पछि थिए। युरोपियन च्याम्पियन्स लिगमात्र जितेनन्, उनी यस सिजनको च्याम्पियन्स लिगका उत्कृष्ट खेलाडी घोषित हुँदै व्यक्तिगत अवार्ड समेत जिते। उनले अहिलेसम्म विश्वकप खेल्न पाएका छैनन्। जर्जियाको लागि उनले खेलेको सबैभन्दा ठूलो प्रतियोगिता युरो २०२४ हो। जहाँ जर्जिया अन्तिम १६ मा स्पेनसँग पराजित हुँदै बाहिरिएको थियो।

फिफा विश्वकप २०२६ को लागि युरोपियन छनोटको समूह इ मा रहेको जर्जिया स्पेन र टर्किए भन्दा पछि रहेपछि समूह चरणबाटै बाहिरियो। छनोटमा बुल्गेरियालाई एक खेलमा पराजित गरेको जर्जिया बाँकी पाँच खेलमा पराजित भयो। जहाँ कभारात्स्खेलियाले २ गोल गरेका थिए। उनले टर्किए विरुद्ध ३-२ को हार र बुल्गेरियाविरुद्ध ३-० को जितमा एक-एक गोल गरेका थिए। कभारात्स्खेलियाको करियर जर्जीयाको टिबीलिसीमा सन् २००१ मा जन्मिएका उनले डिनामो टिबीलीसीबाटै युथ करियर सुरु गरेका थिए।