WordPress database error: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

WordPress database error: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

WordPress database error: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

वर्डप्रेस डाटाबेस त्रुटि: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

वर्डप्रेस डाटाबेस त्रुटि: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

क्यानले भुटानका खेलाडीलाई ‘टाइम आउट’ अपिल गरेकोमा माफी माग्यो – Space4k Television News Update
Skip to main content

क्यानले भुटानका खेलाडीलाई ‘टाइम आउट’ अपिल गरेकोमा माफी माग्यो

नेपाल क्रिकेट संघ (क्यान) ले भुटानविरुद्धको खेलमा नेपाली खेलाडीहरूले गरेका ‘टाइमआउट’ अपिलको घटनाप्रति माफी मागेको छ। एसीसी प्रिमियर कपमा भुटानका ब्याटर ढिलो मैदान प्रवेश गरेको अवस्थामा नेपाली खेलाडीहरूले अम्पायरसमक्ष टाइमआउटको अपिल गरेका थिए। क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा उक्त घटना क्रिकेटको मूल्य र खेलभावनासँग मेल नखाने उल्लेख गरेका छन्। २१ जेठ, काठमाडौं।

क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि उक्त घटना क्रिकेट मूल्य र खेलभावनाको अनुरूप छैन। ‘यो आउट क्रिकेटको नियम भित्र भए पनि खेलको भावना नियमभन्दा माथि हुन्छ र सधैं हाम्रो व्यवहारको केन्द्रमा रहनुपर्छ भन्ने हामी स्वीकार गर्छौं,’ क्यान सचिव पारस खड्काले विज्ञप्तिमा उल्लेख गरेका छन्।

क्यानले नेपालको विकासशील क्रिकेट राष्ट्र भएको कारण खेल भावना, पारस्परिक सम्मान र निष्पक्ष खेललाई उच्च प्राथमिकतामा राखेको बताउँदै उक्त घटनाले यी नै मान्यताहरूको उल्लंघन गरेको स्वीकार गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाले उत्पन्न गरेको निराशाप्रति हामी दुःख व्यक्त गर्छौं।’ क्यानले भुटान क्रिकेट, सम्बन्धित खेलाडी र सरोकारवालासँग क्षमायाचना गर्दै मैदानभित्र र बाहिर क्रिकेटको भावना र उच्च नैतिक मापदण्ड कायम राख्न प्रतिबद्धता व्यक्त गरेको छ। एसीसी प्रिमियर कप अन्तर्गत आज विहान नेपाल र भुटानबीच भएको खेलमा भुटानले जवाफी ब्याटिङ गर्दा इनिङको पहिलो बलमै विकेट गुमाएपछि वानडाउन ब्याटर आउन केही ढिलो भएको थियो। यस क्रममा नेपाली खेलाडीहरूले अम्पायरलाई प्रश्न गर्दै अपिल गरेका थिए। नियमअनुसार यो स्वीकृत हुनसक्ने भए पनि खेलभावनाको विपरीत हुने पक्षलाई क्यानले स्वीकार गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ