
२१ जेठ, झापा । झापाको अर्जुनधारा क्षेत्रमा बिहीबार दिउँसो करेन्टको माध्यमबाट माछा मार्ने क्रममा एक पुरुषको मृत्यु भएको छ। अर्जुनधारा नगरपालिका–११ का ४४ वर्षका सागर नामका डम्बर हस्दा मृत्यु भएको कुरा प्रहरीले पुष्ट्याएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमन बानियाका अनुसार, स्थानीय कालीमन्दिर नजिकैको हिले खोलामा हस्दा करेन्टको प्रयोग गरी माछा मार्दै थिए। त्यही क्रममा करेन्ट लागेर उनी बेहोस भएका थिए। घटना पश्चात स्थानीयबासीले प्रहरीलाई जानकारी दिएका थिए। प्रहरी घटना स्थल पुग्दा उनको मृत्यु भइसकेको थियो। –रासस






