Skip to main content

नुहाउँदा शरीरको कुन भागमा पानी हाल्नुपर्छ?

समाचार सारांश सम्पादकीय समीक्षा गरिएको। टाउकोमा सिधै पानी खन्याउँदा मस्तिष्कका रक्तनलीमा अचानक असर पर्ने र चक्कर लाग्ने वा टाउको दुख्ने समस्या हुन सक्छ। नुहाउनुअघि सबैभन्दा पहिले कहाँ पानी हाल्ने भन्ने विषयमा तपाईंले पनि धेरै पटक अलमलको अनुभव गर्नुभएको होला। विशेष गरी जाडो मौसममा शरीरमा पानी हाल्ने कुरा सोच्दा मात्रै पनि असहज लाग्नु स्वाभाविक हो। नुहाउने तरिका मानिसहरूका फरक फरक हुन्छन्। धेरैले टाउकोबाट पानी हाल्न सुरु गर्छन् भने कतैले सिधै जिउमा वा हातगोडाबाट बिस्तारै पानी हाल्न सुरु गर्दछन्। तर पानी कहाँबाट हाल्ने भन्ने कुरामा धेरैले ध्यान दिनु हुँदैन।

के तपाईंले कहिल्यै सोच्नुभएको छ, नुहाउँदा सबैभन्दा पहिले शरीरको कुन भागमा पानी हाल्नुपर्छ? नुहाउँदा पानी खन्याउने तरिकाका फाइदाबारे आयुर्वेदमा विस्तृत चर्चा गरिएको छ। पहिले कहाँ पानी खन्याउनु पर्छ? आयुर्वेद विज्ञहरुले खुट्टाबाट पानी खन्याएर नुहाउन सुरु गर्नु लाभदायक ठान्छन्। त्यसपछि मात्र अन्य भागहरूमा पानी खन्याउनुपर्छ। पानीलाई बिस्तारै घुँडा, तिघ्रा, पेट, काँध र अन्तिममा टाउकोसम्म पुर्‍याउनु उत्तम हुन्छ। यसरी नुहाउँदा के हुन्छ? यसले शरीरको तापक्रमलाई बिस्तारै परिवर्तन गर्न मद्दत गर्छ र शरीरले अचानक तापक्रमको झोक अवशोषण गर्नुपर्दैन। यसले शरीरको तातोपन क्रमशः कम गर्ने प्रक्रियालाई सहज बनाउँछ।

टाउकोमा सिधै पानी खन्याउनु उचित हो? यदि नुहाउँदा एकै पटक टाउकोमा सिधै पानी खन्याउनुभएको छ भने यो बानीलाई अहिले नै परिवर्तन गर्नुहोस्। सिधै चिसो पानी टाउकोमा खन्याउँदा मस्तिष्कका रक्तनलीहरूमा अचानक असर पर्न सक्छ। केहि व्यक्तिहरूलाई चक्कर लाग्ने, टाउको दुख्ने वा असहज महसुस हुन सक्छ। विशेष गरी धेरै चिसो पानीले नुहाउने हो भने यस विषयमा थप सजग हुनुपर्छ।

नुहाउँदा किन सही विधि अवलम्बन गर्नुपर्छ? आयुर्वेदका अनुसार नुहाउँदा सन्तुलन कायम राख्न आवश्यक छ। त्यसैले पहिले खुट्टामा पानी हालेर नुहाउन सुरु गर्नुपर्छ र अन्तिममा मात्र टाउकोमा पानी हाल्नुपर्छ। यसले नुहाउने व्यक्तिलाई सहजता र आराम प्रदान गर्छ। तातो पानीले नुहाउँदा के ध्यान दिनुपर्छ? तातो पानी प्रयोग गर्दा धेरै तातो पानी सिधै टाउकोमा नहाल्नु राम्रो हुन्छ। अत्यधिक तातो पानीले टाउकोको कपाल र छाला सुख्खा हुन सक्छ र टाउको चिलाउने तथा चाया लाग्ने समस्या सिर्जना हुन सक्छ।