Skip to main content

झापा रास्वपाको पहिलो अधिवेशनबाट ओमनाथ भण्डारी जिल्ला सभापतिमा विजयी

राष्ट्रिय स्वतन्त्र पार्टी झापाको पहिलो अधिवेशनबाट ओमनाथ भण्डारी ३४१ मत प्राप्त गरी जिल्ला सभापतिमा विजयी भएका छन्। शनिबार सम्पन्न अधिवेशनमा उपसभापतिमा पुष्पलाल ढकाल, सचिवमा विरोध सुवेदी र सहसचिवमा भिमबहादुर कुँवर निर्वाचित भएका छन्।

अधिवेशनमा भण्डारीले ३४१ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी लक्ष्मण बस्नेतले २४७ मत र अर्जुनकुमार मैनालीले २५ मत प्राप्त गरे। उपसभापतिमा विजयी भएका पुष्पलाल ढकालले २१० मत प्राप्त गरे, जबकि शान्ता तामाङले १९८, लिला खड्काले १११ र देव संग्रौलाले ९३ मत प्राप्त गरे।