Skip to main content

सिरहामा विद्यार्थीहरूको विरोध प्रदर्शन, मोबाइल नष्ट गरेकोमा क्षतिपूर्ति माग

सिरहामा परीक्षाका क्रममा जबर्जस्ती संकलन गरिएका मोबाइल फोनहरू नष्ट गरेको विरोधमा विद्यार्थी संगठनहरूले प्रदर्शन गर्दै क्षतिपूर्तिको माग गरेका छन्। जिल्ला प्रशासन कार्यालय सिरहाले परीक्षामा बरामद गरिएका करिब ५०० वटा मोबाइल र स्मार्ट घडीहरू पानीमा डुबाएर नष्ट गरेको थियो। विद्यार्थीहरूले करिब १ करोड रुपैयाँ मूल्य बराबरका ती उपकरण नष्ट गर्नु सम्पत्ति अधिकार विपरीत भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्। २५ जेठ, सिरहा।

एसईई र कक्षा १२ को परीक्षामा जबर्जस्ती जब्त गरिएका मोबाइल फोन र स्मार्ट घडीहरू पानीमा डुबाएर नष्ट गरेको घटनाको विरोधमा सिरहामा विभिन्न विद्यार्थी संगठनहरूले संयुक्त प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले सिरहा क्याम्पसदेखि जिल्ला प्रशासन कार्यालयसम्म मार्च गर्दै नष्ट गरिएका मोबाइलहरूको उचित क्षतिपूर्ति दिलाउन, पीडित विद्यार्थीलाई न्याय सुनिश्चित गर्न र सम्पत्तिमा गरिएको दमन बन्द गराउन माग गरेका छन्।

विद्यार्थी संगठनहरूले प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन, क्षतिपूर्ति उपलब्ध गराउन र जिम्मेवार पक्षमाथि कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन्। ज्ञापनपत्रमा भनिएको छ कि संविधानले सुनिश्चित गरेको सम्पत्तिको अधिकार विपरीत सको नदिइ उपकरणहरू नष्ट गरिएको विरोध जनाइएको छ।

जिल्ला प्रशासन कार्यालय सिरहाले गत चैतमा सम्पन्न एसईई र कक्षा–१२ परीक्षामा परीक्षार्थीहरूबाट संकलन गरिएका करिब ५०० मोबाइल फोन र स्मार्ट घडीहरू नष्ट गरेको थियो। प्रशासनका अनुसार तीमध्ये सात वटा आइफोन, ४८९ वटा विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल फोन र पाँच वटा स्मार्ट घडीहरू थिए। ती उपकरणहरूको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा माथि रहेको जानकारी दिइएको छ।