Skip to main content

न्यूयोर्कको लागार्डिया विमानस्थलमा ट्रकसँग ठोक्किएर भएको जहाज दुर्घटनामा दुवै पाइलटको मृत्यु

न्यूयोर्कको लागार्डिया विमानस्थलमा ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको एयर क्यानडाको जहाजका दुवै पाइलटको मृत्यु भएको छ। जहाजमा ७२ जना यात्रु र चार चालक दलका सदस्य थिए, जसमा ४१ जना घाइते भएर अस्पताल लगिएका छन्। ३२ जना यात्रुलाई डिस्चार्ज गरिएको छ, तर केहीलाई गम्भीर चोटपटक लागेको छ।

काठमाडौं। न्यूयोर्कको लागार्डिया विमानस्थलमा ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको जहाजका दुवै पाइलटको मृत्यु भएको छ भने अन्य धेरै जना घाइते भएका छन्। जहाजमा चालक दलका चार सदस्य र ७२ जना यात्रु सवार थिए। बन्दरगाह प्राधिकरण कार्यकारी निर्देशक क्याथरिन गार्सियाले पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएकी हुन्। उनले भनिन्, ‘एयर क्यानडाको विमानमा ७२ यात्रु र चार चालक दलका सदस्य थिए। ४१ जना यात्रु र चालक दललाई अस्पताल लगिएको छ। अहिलेसम्म ३२ जनालाई डिस्चार्ज गरिएको छ, तर केहीलाई गम्भीर चोटपटक लागेको छ।’

सीबीएस न्यूजले गरेको रिपोर्ट अनुसार क्यानडाको मोन्ट्रियलबाट आएको विमान लागार्डिया विमानस्थलमा अवतरण गरेको थियो। अवतरणपछि सीआरजे९०० मोडेलको सानो विमान धावनमार्गमा रोकिने क्रममा विमानस्थल सञ्चालन गर्ने न्यूयोर्क र न्यू जर्सीको पोर्ट अथोरिटीको ट्रकसँग ठोक्किन पुगेको थियो।