WordPress database error: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

WordPress database error: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

WordPress database error: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

प्रधानमन्त्री कार्यालयले काभ्रे बस दुर्घटनाको कारण पत्ता लगाउन निर्देशन जारी गरेको – Space4k Television News Update
Skip to main content

प्रधानमन्त्री कार्यालयले काभ्रे बस दुर्घटनाको कारण पत्ता लगाउन निर्देशन जारी गरेको

२९ जेठ, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काभ्रे बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । शुक्रबार साँझ प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव हेमराज आचार्यले प्रेस विज्ञप्तिमार्फत घटनाको कारण पत्ता लगाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएको बताएका छन् ।

‘दुर्घटनालगत्तै घाइतेहरूको उद्धार तथा उपचार कार्य जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय तह तथा स्वास्थ्य संस्थाहरूको सक्रिय सहभागिता र समन्वयमा तत्परता साथ सुरु गरिएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो विज्ञप्तिमा घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको जानकारी पनि दिइएको छ । ‘नेपाल सरकारले यो घटनाको अनुसन्धान गरी दुर्घटनाको कारण पहिचान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तै, घाइतेहरूको प्रभावकारी उपचार तथा प्रभावित परिवारलाई अत्यावश्यक सहयोग प्रदान गर्न सम्बन्धित निकायहरूलाई निर्देशित गरिएको जानकारी गराइन्छ ।’

वर्डप्रेस डाटाबेस त्रुटि: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`