पूर्वी फ्रान्सको टोम्ब्लेनमा स्काइडाइभर लिएर गएको जहाज दुर्घटना हुँदा पाइलटसहित ११ जनाको मृत्यु भएको छ। दुर्घटना भएको जहाज प्यारासुट प्रशिक्षण स्कूलको थियो र न्यान्सी-एसे एयरफिल्डबाट उडान भरेको अधिकारीहरूले जानकारी दिएका छन्। प्रहरीले स्थानीयहरूलाई विमानस्थल वरिपरि क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ। गृहमन्त्री घटनास्थलतर्फ प्रस्थान गरेका छन्।
स्थानिय अधिकारीहरूका अनुसार दुर्घटनामा पाइलटसहित ११ जनाको मृत्यु भएको छ। स्थानीय सञ्चार माध्यमहरूले विमान प्यारासुटिङ स्कूलको रहेको र न्यान्सी-एसे एयरफिल्डबाट उडान भरेपछि दुर्घटनाग्रस्त भएको बताएका छन्। प्रहरीले म्युर्थे-एट-मोसेल जिल्लाको विमानस्थल वरिपरि क्षेत्रबाट स्थानीयलाई टाढा रहन आग्रह गरेको छ। फ्रान्सको गृहमन्त्रालयले गृहमन्त्री घटनास्थलतर्फ प्रस्थान गरेको जनाएको छ।

