Skip to main content

सावाखोलामा मोटरकारसहित सवारीसाधन सञ्चालनको लागि पक्की पुल निर्माण सम्पन्न

२१ असार, खोटाङ। सावाखोलामा तीन करोड सात लाख ७३ हजार ५९८ रुपैयाँ लागतमा मोटरकारसहित विभिन्न सवारीसाधन सञ्चालन गर्न सक्षम पक्की पुल निर्माण सम्पन्न भएको छ। पुलको निर्माण सम्पन्नतापछि सो पुल सञ्चालनमा आएको छ। संघीय सरकारले दिएको समपूरक अनुदानमा निर्मित यो पुलमा शनिबारदेखि सवारीसाधन सञ्चालनको अनुमति प्राप्त भएको छ।
पक्की पुल निर्माणसँगै खोटाङ–पाप्माखाम भञ्ज्याङ सडकमा वर्षभरि सहज यातायात व्यवस्था सञ्चालन गर्न सम्भव भएको छ। यस पुलको लम्बाइ २० दशमलव ९० मिटर रहेको छ। यसैबीच, २०७५ सालमा ट्र्याक खोलिएको ३३ किलोमिटर लामो खोटाङबजार–पाप्माखाम भञ्ज्याङ सडक धमाधम सुधार हुँदैछ। यस कार्यका लागि कोशी प्रदेश सरकारले भौतिक पूर्वाधार मन्त्रालयमार्फत दुई करोड रुपैयाँ विनियोजन गरेको छ।