Skip to main content

गगन थापाको राजीनामा अस्वीकृत गर्ने विषयमा विश्वप्रकाश शर्माले प्रस्तुत गरेका ७ तर्कहरू

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने सात तर्कहरू पार्टी केन्द्रीय कार्य समितिको बैठकमा प्रस्तुत गर्नुभएको छ। शर्माले पचास दिनको छोटो अवधिमा दिग्विजयको नतिजा खोज्नु युक्तिसंगत नहुने र सभापतिले पदत्याग गर्नु संगठनप्रतिको न्याय नहुने तर्क राख्नुभएको छ। उहाँले पार्टीको विशेष महाधिवेशनले नयाँ रक्तसञ्चार गराएको र पार्टीलाई नयाँ योजनासहित अगाडि बढाउनुपर्ने जनाएको छ। ६ चैत, काठमाडौं। कांग्रेस सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्न उपसभापति विश्वप्रकाश शर्माले सात तर्कहरू उठाउनुभएको छ। पार्टी केन्द्रीय कार्य समितिको बैठकमा प्रस्तुत गरिएको दस्तावेजमा गगनले दिएको राजीनामा अस्वीकृत गर्न सम्बन्धित शीर्षकमा तर्कहरू समावेश छन्। उनले भनेका छन्– पचास दिनको छोटो अवधिमा दिग्विजयको नतिजा खोज्नु उचित हुँदैन।

विश्वप्रकाश शर्माले राखेका सात तर्कहरू यसप्रकार छन्- राजनीतिमा ‘हनिमुन पिरियड’ भनिन्छ, खासगरी सरकार नेतृत्व गर्न थालेको शुरुवाती सय दिनलाई। यो ‘वार्म अप’ अवधिमा नेतृत्वको कामको सकारात्मक वा नकारात्मक झल्को देखिन सक्छ, तर पूर्ण परीक्षण र समग्र समीक्षा गर्न सकिंदैन। त्यही दृष्टिकोणबाट हेर्दा विशेष महाधिवेशनबाट पार्टीलाई नयाँ नेतृत्व आएको पचास दिनको छोटो अवधिमा दिग्विजयको नतिजा खोज्नु युक्तिसंगत पनि हुँदैन र व्यक्तिप्रति न्यायसमेत हुँदैन। साथै, प्रतिकूल अवस्थालाई चिरेर पार्टीलाई अनुकूलतामा ल्याउनुपर्ने कमान्ड छोडेर सभापतिले पदत्याग गर्नु संगठनप्रति न्याय हुँदैन।

त्यस बाबजुद नैतिक जिम्मेवारी अनुभूत गर्ने सभापतिको भावनालाई उच्च सम्मान दिँदै, यो बैठकले स्थिति सम्हाल्ने गहिरो दायित्व र सबैभन्दा प्रमुख नैतिक दायित्व मान्दै सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ।

सात तर्कमा शर्माले उल्लेख गरेका छन् कि नेपाली कांग्रेस निर्वाचनमा पहिलो दलको रूपमा विजयी हुन सकेन। तर सन्तोष मान्नुपर्छ कि कांग्रेसले अपनाएको मुल नीति विजय भएको छ। कांग्रेसले अंगिकार गरेको राजनीतिक र आर्थिक नीतिका कारण अहिले पुराना र नयाँ सबै दलहरू उभिएका छन्। वर्तमान संविधान, संसदीय प्रणाली, संघीयता र सामाजिक न्याय सहितको उदार अर्थतन्त्र अबको नेपालमा सबैका लागि साझा मूल मार्ग बन्न पुगेको छ।