Skip to main content

नेपाल निर्वाचन २०८२: नयाँ संसदमा सन्कुचित विपक्षीको भूमिका कस्तो हुन्छ?

(बायाँबाट क्रमशः) नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमला दाहाल 'प्रचण्ड'

तस्बिर स्रोत, Reuters/BBC

तस्बिरको क्याप्शन, दोस्रो र तेस्रो ठूलो दलका प्रमुखहरू यसपालिको संसदमा देखिँदैनन्

नवनिर्वाचित संसदमा सत्ताधारी दलको झण्डै दुईतिहाइ संख्यासँग विपक्षी दलहरूको भूमिका कति सशक्त हुन सक्ने विषयमा प्रश्नहरू उठ्दैछन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक्लैले १८२ सदस्यीय प्रतिनिधिसभामा प्रमुख विपक्षी नेपाली कांग्रेसका केवल ३८, त्यसपछि नेकपा एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ४ तथा १ स्वतन्त्र सदस्य रहने छन्।

प्रजातन्त्रमा सत्तापक्षजस्तै प्रतिपक्षको भूमिका पनि अत्यन्त महत्वपूर्ण मानिन्छ। यस दृष्टिले, नयाँ संसदको बनोटले धेरै प्रश्नहरू उत्पन्न गरेको विश्लेषकहरूले बताएका छन्।

के भन्छन् विपक्षी दल?

नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न लागेको सन्दर्भमा सो पार्टीका समानुपातिक प्रणालीबाट निर्वाचित सांसद अर्जुननरसिंह केसीले उनीहरूको भूमिका स्पष्ट रहेको ठान्छन्।

“विधिको शासन, भ्रष्टाचारमुक्त समाज र सुशासनका लागि सरकारका प्रत्येक कदमलाई पूर्ण रूपमा समर्थन गर्नेछौँ। हामी रचनात्मक सहयोगी बन्नेछौँ। जनताको अभिमतलाई सम्मान गर्नुलाई हाम्रो राजनीतिक धर्म र संस्कार तथा लोकतान्त्रिक आदर्श मानिन्छ,” केसीले भने।