Skip to main content

अबुधाविमा क्षेप्यास्त्रको टुक्रा खस्दा एक भारतीय नागरिक घाइते

संयुक्त अरब इमिरेट्सको राजधानी अबुधावीमा क्षेप्यास्त्रको भग्नावशेष खसेर एक भारतीय नागरिक सामान्य घाइते भएका छन्। अबुधावीको वायु रक्षा प्रणालीले ब्यालिस्टिक क्षेप्यास्त्रलाई सफलतापूर्वक अवरोध गरेको यूएई रक्षा मन्त्रालयले जनाएको छ। अधिकारीहरूले अफवाहबाट बच्न आधिकारिक स्रोतबाट मात्र सूचना लिन सुझाव दिएका छन्।

अबुधावीको राज्य सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै यस घटनाको पुष्टि गरेको छ। वायु रक्षा प्रणालीले ब्यालिस्टिक क्षेप्यास्त्रलाई सफलतापूर्वक रोक्न सकेपछि यो घटना भएको बताइएको छ। घटनामा एक भारतीय नागरिकलाई सामान्य चोट लागेको उल्लेख छ। अधिकारीहरूले आधिकारिक स्रोतबाट मात्रै सूचना लिन भनेका छन्।

अफवाह वा अप्रमाणित जानकारीबाट बच्न र त्यस्ता जानकारी अरूसँग साझा नगर्नु पनि अधिकारीहरूले सुझाएका छन्। समाचार एजेन्सी पीटीआईले पनि अबुधावीमा क्षेप्यास्त्रको भग्नावशेष खसेर एक भारतीय नागरिक घाइते भएको रिपोर्ट गरेको छ। सोमबार अबुधावीमा सफलतापूर्वक अवरोध गरिएपछि अल-शवामेख क्षेत्रमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक भारतीय नागरिकलाई सामान्य चोट लागेको अधिकारीहरूलाई उद्धृत गर्दै पीटीआईले भनेको छ।

देशको वायु रक्षा प्रणाली इरानी क्षेप्यास्त्र र ड्रोनबाट हुने खतराको सामना गर्न व्यस्त रहेको यूएईको रक्षा मन्त्रालयले जनाएको छ। अबुधावी क्षेत्रमा सुनिएका आवाजहरू क्षेप्यास्त्र र ड्रोनहरूको अवरोधका कारण भएको रक्षा मन्त्रालयले भनेको छ।