नेपालका होटेलहरूको वर्गीकरणमा नयाँ मापदण्ड बनाउन पर्यटन विभागले सरोकारवालासँग सुझाव माग गरेको छ। हाल २०७६ सालको मापदण्ड कार्यान्वयनमा छ र समयानुकूल परिमार्जनको तयारी भइरहेको छ। नयाँ मापदण्डमा ग्रिन हस्पिटालिटी र होटेलको भौतिक पूर्वाधार तथा सेवाको गुणस्तर समावेश गरिनेछ। ९ चैत, काठमाडौं।
नेपालका होटलहरूको वर्गीकरणमा नयाँ मापदण्ड बन्ने भएको छ। अहिले २०७६ सालको मापदण्ड कार्यान्वयनमा छ। पर्यटन विभागका अनुसार सो मापदण्डमा समयानुकूल परिमार्जनको तयारी छ। सोही क्रममा विभागले सरोकारवालासँग राय/सुझाव माग गरेको छ। विभागले एक सूचना प्रकाशित गर्दै मौजुदा मापदण्ड २०७६ मा सुधार गर्नुपर्ने पक्ष, ग्रिन हस्पिटालिटीका लागि आवश्यक सूचक र होटलको भौतिक पूर्वाधार तथा सेवाको गुणस्तर वर्गीकरणबारे समेत सुझाव मागिएको छ। वर्तमान विश्व पर्यटन बजारमा बढ्दो वातावरणीय सचेतना र दिगो विकासको आवश्यकतालाई मध्यनजर गर्दै सरकारले ग्रीन हस्पिटालिटीका आधारमा नयाँ मापदण्ड बनाउन लागेको विभागको भनाइ छ।






