
१४ चैत, काठमाडौं । सरकारले सबै प्रकारका सार्वजनिक यातायात साधनहरूमा सीसीटीभी क्यामेरा जडान अनिवार्य गर्ने घोषणा गरेको छ। सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा रोक्ने उद्देश्यले सबै सवारी साधनमा सीसीटीभी स्थापना गर्ने निर्णय गरिएको हो। राइड–शेयरिङ एपहरूमा एसओएस बटन राख्न अनिवार्य गर्ने, तथा आकस्मिक र खतराको सूचना प्रहरीसम्म तत्काल पुग्ने व्यवस्था आगामी ३० दिन भित्र जिल्लास्तरीय सरकारले पूरा गर्ने जनाएको छ। महिला यात्रुहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सरकारले सातै प्रदेशमा निशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने योजना समेत बनाएको छ। पहिलो चरणमा १०० दिन भित्र कम्तीमा २५ वटा बस सेवा सञ्चालनमा ल्याउने योजना तयार गरिएको छ।






