Skip to main content

राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान गर्नुभयो

राष्ट्रपति रामचन्द्र पौडेलले चैत १९ गते संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ। मन्त्रिपरिषद् बैठकले सोही दिन संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिको समक्ष सिफारिस गरेको थियो। यो नयाँ सरकार गठनपछि पहिलो पटक संघीय संसद्को अधिवेशन हो।

१६ चैत, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चैत १९ गते संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिको समक्ष सिफारिस गरेको थियो। उक्त निर्णयको आधारमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिनुभएको छ। सरकारले आगामी चैत १९ गते दिउँसो २ बजे बस्ने गरी संसद्को बैठक आह्वान गर्न सिफारिस गरेको थियो। गत २१ फागुनमा भएको निर्वाचनपछि नयाँ सरकार गठनपछि पहिलो पटक संघीय संसद्को अधिवेशन आह्वान गरिएको हो।