
गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्याल नेतृत्वको टोलीसँग सीमा क्षेत्रमा कडाइका लागि निर्देशन दिएका छन्। विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी, जोखिम न्यूनीकरण, स्रोत व्यवस्थापन र समन्वयका विषयमा विस्तृत छलफल गरिएको छ। मन्त्री गुरुङले तस्करी नियन्त्रणलाई विशेष प्राथमिकता दिन सुझाव दिएका छन्। १७ चैत, काठमाडौं।
गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल (एपीएफ) का महानिरीक्षक राजु अर्यालसहितको टोलीसँग भेटवार्ता गरेका छन्। बैठकमा उनले सीमा क्षेत्रमा गस्ती कडाइ गर्न निर्देशन दिएका छन्। विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारिका विषयमा व्यापक छलफल भएको छ। सम्भावित विपद् जोखिम कम गर्न रणनीति, स्रोत व्यवस्थापन र समन्वयका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएका छन्। मन्त्री गुरुङले अवैध तस्करी नियन्त्रणमा पनि विशेष ध्यान दिन निर्देशन दिएका छन्।






