Skip to main content

बालकुमारीस्थित एसडीपीएल ट्रेड प्रालिलाई २ लाख रुपैयाँ जरिवाना

१७ चैत, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको बालकुमारीमा अवस्थित एक व्यावसायिक फर्मलाई २ लाख रुपैयाँ जरिवाना लगाएको छ। मंगलबार गरिएको बजार अनुगमन क्रममा उपभोक्ता संरक्षण ऐनको उल्लङ्घन भएको पाइएकोले एसडीपीएल ट्रेड प्रालिलाई सो जरिवाना सुनाइएको हो। विभागले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालित अन्य २१ व्यावसायिक फर्महरूको पनि अनुगमन गरेको छ। ती फर्महरूलाई तत्काल सुधारका लागि सामान्य निर्देशन दिइएको विभागले जनाएको छ।