Skip to main content

अपोलो ८ र आर्टिमिस २: चन्द्रमाको कक्षबाट खिचिएको पृथ्वीको पहिलो रङ्गीन तस्वीर

चन्द्रमाको कक्षबाट खिचिएको पृथ्वीको यो पहिलो रङ्गीन तस्वीर हो। ‘अर्थराइज’ नामक यो तस्वीर सन् १९६८ मा ‘अपोलो ८’ अभियानमा सहभागी भएका एक अन्तरिक्षयात्रीले खिचेका थिए। उक्त अभियानका अन्तरिक्षयात्रीहरूले पहिलो पटक चन्द्रमाको परिक्रमा गरेका थिए। पचास वर्षपछि नासाले पुनः ‘आर्टिमिस २’ मार्फत अन्तरिक्षयात्रीहरूलाई चन्द्रमाको परिक्रमा गर्न पठाउँदैछ। यस अभियानबाट पृथ्वीका नयाँ तस्वीरहरू प्राप्त हुने अपेक्षा गरिएको छ।