
१९ चैत, गुल्मी । माध्यमिक शिक्षा परीक्षा (एसईई)अन्तर्गत बिहीबार पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ। परीक्षा सम्पन्न भएलगत्तै गुल्मीका चार वटा स्थानीय तहले पहिलो दिनबाटै उत्तरपुस्तिका जाँच सुरु गरिएको छ। शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रमुख थानेश्वर घिमिरेका अनुसार चन्द्रकोट, धुर्कोट, मदाने र रुरुक्षेत्र गाउँपालिकाले उत्तरपुस्तिका जाँच आजबाटै सुरु गरेका छन्। आज सबै परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको पनि उनले बताए।
बाँकी रहेका स्थानीय तहले शुक्रबारबाट उत्तरपुस्तिका जाँच गर्न सुरु गर्ने घिमिरेले बताए। यसवर्ष गुल्मीबाट १५१ विद्यालयका चार हजार ४५२ जना विद्यार्थी एसईईमा सहभागी छन्। गतवर्षको तुलनामा अहिले विद्यार्थीको सङ्ख्या घटेको छ। २०८१ को एसईईमा १३८ विद्यालयबाट चार हजार ८५७ परीक्षार्थी सहभागी थिए। गतवर्षभन्दा अहिले ४०५ जना परीक्षार्थी कम छन्। अहिले नियमित साधारणतर्फ तीन हजार ३४२, प्राविधिकतर्फ २५८ र ग्रेड वृद्धितर्फ ८५१ जना परीक्षार्थी सहभागी हुने छन्।






