
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले काठमाडौं तार्केश्वर नगरपालिका–८ बस्ने २८ वर्षीय उमेश राईलाई ९८ ग्राम ७१० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ। राईको साथबाट ६ लाख ५० हजार रुपैयाँ नगद र लागुऔषध तौलन प्रयोग हुने डिजिटल तराजु पनि बरामद गरिएको छ।
ब्युरोका प्रवक्ता तथा एसपी दुर्गाराज रेग्मीका अनुसार, राईविरुद्ध लागुऔषध नियंत्रण ऐन २०३३ अन्तर्गत कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ। यो घटनामा उनि २० चैतमा पक्राउ परेका हुन्।






