Skip to main content

आईपीएलमा पन्जाबको लगातार दोस्रो जीत, चेन्नईले भोग्यो दोस्रो हार

पन्जाब किङ्सले आईपीएल २०२६ मा लगातार दोस्रो जीत हासिल गरेको छ। पन्जाबले चेन्नई सुपर किङ्सलाई ५ विकेटले पराजित गरेको हो। चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर २०९ रन बनाएको थियो। २० चैत, काठमाडौं।

पन्जाबले दिएको २१० रनको लक्ष्य १८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। कप्तान श्रेयस अय्यरले २९ बलमा ५० रन बनाए, जसमा उनले ४ चौका र ३ छक्का प्रहार गरे। ओपनर प्रियांश आर्याले ११ बलमा ३९ रन बनाएर आक्रमक सुरुवात दिलाए। अर्का ओपनर प्रभसिमरन सिंहले ४३ रन बनाए भने कूपर कोनोलीले २२ बलमा ३६ रनको योगदान दिए।

चेन्नईका लागि म्याट हेनरी र अन्शुल कम्बोजले समान २-२ विकेट लिए। टस हारेर पहिले ब्याटिङमा आएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै २०९ रन बनाएको थियो। आयुष म्हात्रेले ४३ बलमा ७ चौका र ५ छक्कासहित ७३ रन बनाए। शिवम दुबे ४५ रनमा अविजित रहे भने सरफराज खानले ३२ र कप्तान रुतुराज गायक्‍वाडले २८ रन बनाए।

पन्जाबका विजयकुमार वाइशाकले २ विकेट लिए भने जेभियर बार्टलेट, मार्को यानसेन र युजभेन्द्र चहलले समान १-१ विकेट लिए। लगातार दोस्रो जीतसहित २ खेलमा ४ अंक जोडेर पन्जाब शीर्ष स्थानमा पुगेको छ। लगातार दोस्रो हार बेहोरेको चेन्नई अंकविहीन रहँदै पुछारमा छ।