अबुधाबीको ग्यास केन्द्रमा मिसाइल र ड्रोनका अवशेष खस्दा एकको मृत्यु, ४ घाइते

२१ चैत, काठमाडौं । संयुक्त अरब इमिरेट्सको अबुधाबीमा रहेको एउटा ग्यास केन्द्रमा ड्रोन र मिसाइलका अवशेष खस्दा एकजनाको मृत्यु भएको छ भने केही जना घाइते भएका छन्। हब्शन ग्यास प्लान्टमा आगलागी हुँदा दुई पाकिस्तानी र दुई इजिप्टेली नागरिक घाइते भएका छन् भने एकजना इजिप्टेली नागरिकको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।
गल्फन्युजका अनुसार, हवाई सुरक्षा प्रणालीले प्रतिरक्षा गर्दा खस्न आएका अवशेष ग्यास केन्द्रमा खसेका थिए। सोही क्रममा साइट खाली गराउने क्रममा इजिप्टेली नागरिकको मृत्यु भएको हो। घाइते चार जनाको अवस्था सामान्य रहेको समाचारमा उल्लेख छ। उनीहरूलाई तुरुन्त उद्धार गरी अस्पताल पुर्याइएको छ।
यसअघि शुक्रबार, प्रतिरक्षाका क्रममा अजबान क्षेत्रमा खसेको भग्नावशेषका कारण सात जना नेपालीसहित १२ जनामा घाइते भएका थिए। घाइतेमध्ये एक नेपालीको अवस्था गम्भीर रहेको छ। बाँकी पाँच घाइते भारतीय नागरिक हुन्।






