
२२ चैत, काठमाडौं । उत्तरी अफगानिस्तानमा भूकम्प गएको छ। राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता मोहम्मद युसुफ हम्मादका अनुसार ५.८ म्याग्निच्युडको भूकम्प गएको हो। उनका अनुसार भूकम्पका कारण ९ जनाको मृत्यु भएको छ। हम्मादले काबुल प्रान्तमा एउटा घर भत्किँदा त्यहाँ रहेका ९ जनाको मृत्यु भएको जानकारी दिएका छन्। त्यही ठाउँमा एक बालक घाइते भएका छन्। भूकम्पको धक्का राजधानी काबुलमा पनि महसुस गरिएको थियो। १८६.४ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्र शूरुमा ३६.५५ डिग्री उत्तरी अक्षांश र ७०.८५ डिग्री पूर्वी देशान्तरमा रहेको पहिचान गरिएको थियो।






