Skip to main content

महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले शपथ लिएका छन्

२२ चैत, काठमाडौैं । नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। कँडेलले आइतबार साढे ४ बजे कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष शपथ लिएका हुन्। कँडेललाई आजै मन्त्रिपरिषद्ले महान्यायाधिवक्तामा नियुक्त गरेको थियो।