‘चिनियाँ फिल्महरूले नेपाली बजारप्रति ध्यान नदिएको विषयमा दुवै देशका सरकार सक्रिय हुनुपर्ने आवश्यकता छ’

समाचार सारांश संम्पादनसम्पन्न। चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजीकी प्राध्यापक जुन झान नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको जुरी सदस्यका रूपमा काठमाडौंमा छिन्। झानले नेपाली फिल्ममा नाच–गानको मात्रा बढी र जीवन्तता देखिएको बताउँदै नेपाल-चीन फिल्म सहकार्यका लागि संयुक्त अनुसन्धान र सह-लेखन आवश्यक रहेको उल्लेख गरिन्। उनले नेपाली फिल्मकर्मीलाई तिब्बतजस्ता विषयमा कथा बनाउन प्रोत्साहित गर्दै भाषा चुनौती भए पनि सरकारको पहलले चिनियाँ बजारमा प्रवेश सजिलो हुने बताइन्।
चिनियाँ प्राध्यापक जुन झान काठमाडौंमा छिन्। नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) को जुरी सदस्यको रूपमा आएको उनी चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजीकी पत्रकारिता तथा सञ्चार विभाग प्रमुख, प्राध्यापक र मिडिया विशेषज्ञ हुन्। नयाँ मिडिया, अन्तर्राष्ट्रिय सञ्चार र अन्तरसंस्कृति अध्ययनमा उनको गहिरो अनुभव छ। उनले नेपाली सिनेमाको अवस्था, महोत्सव अनुभव र नेपाल-चीन फिल्म तथा मिडिया सहकार्यका सम्भावनाबारे विष्णु शर्मासँग संवाद गरेकी छन्।
झानले भने, “निफ निकै पेशेवर संस्था जस्तो लाग्यो। आयोजकहरू निकै मित्रवत र सहयोगी छन्। वर्षेनी यो महोत्सव अझ गुणस्तरीय हुँदै गइरहेको देखिन्छ।” उनले नेपाली फिल्ममा नाचगानको धेरै सतह देखिएको र चिनियाँ फिल्ममा यस्तो कम देखिएको बताइन्। उनले थपिन्, “नेपाल र चीन दुवै हिमाली क्षेत्रमा रहेको देश भएकाले धेरै सांस्कृतिक समानताहरू छन्।”
उनले नेपाली फिल्मकर्मीलाई तिब्बतजस्ता विषयमा कथा बनाउन प्रोत्साहित गर्दै, “सर्वप्रथम सह-लेखनबाट सुरु गर्न सकिन्छ।” उनले दुवै देशका कलाकार र लोकेशनलाई समेटेर काम गर्नुपर्नेमा जोड दिइन्। झानले भने, “दुवै देशका सरकारहरूले सहकार्य बढाउन पहल गर्न आवश्यक छ।”






