ब्राजिलकी बलर लाउरा कार्डोसोले टी–२० अन्तर्राष्ट्रियमा एक इनिङ्समा ९ विकेट लिएर नयाँ कीर्तिमान बनाइन्

ब्राजिलकी बलर लाउरा कार्डोसोले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक इनिङ्समा ९ विकेट लिएर नयाँ कीर्तिमान स्थापित गरेकी छन्। लेसोथोविरुद्धको खेलमा उनले ३ ओभरमा मात्र ४ रन खर्चाउँदै टी–२०आई इतिहासकै उत्कृष्ट बलिङ प्रदर्शन गरेकी छन्। ब्राजिलले २०२ रन बनाएको खेलमा लेसोथो १३ रनमै समेटिँदा १८९ रनले विजयी भयो। २६ चैत, काठमाडौं।
ब्राजिलियन महिला क्रिकेट टोलीकी बलर लाउरा कार्डोसोले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक कीर्तिमान कायम गरिन्। उनले एक इनिङ्समा ९ विकेट लिँदै टी–२०आईमा यस्तो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी बनिन्। महिला र पुरुष दुवैतर्फ यस्तो प्रदर्शन पहिले कहिल्यै भएको थिएन। लेसोथोविरुद्धको खेलमा कार्डोसोले ३ ओभरमा मात्र ४ रन दिएर ९ विकेट लिए, जुन टी–२०आई इतिहासकै उत्कृष्ट बलिङ प्रदर्शन हो।
यसअघि भुटानकी सोनाम येशेले २०२५ मा ८ विकेट लिइन् भने महिला टी–२०आईमा इन्डोनेसियाकी रोहमालिया रोहमालियाले ७ विकेटको कीर्तिमान राखेकी थिइन्। खेलको पहिलो ब्याटिङमा ब्राजिलले २०२ रन बनायो। रोबेर्टा एभरीले ४८ रन र मोनिके मचाडोले अविजित ६९ रन बनाए। जवाफमा लेसोथोको टिम केवल १३ रनमै समेटिएपछि ब्राजिलले १८९ रनको फराकिलो जित हात पारेको छ।






