Skip to main content

नेपालले यूएईसँग लिग २ श्रृंखला अघि दुई टी-२० आई खेल्ने

नेपाली क्रिकेट टोली यूएईसँग त्रिवि क्रिकेट मैदानमा अप्रिल २० र २१ मा दुई टी-२० आई खेल्ने तयारीमा छ। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा अप्रिल २५ देखि नेपाल, ओमान र यूएईबीच श्रृंखला आयोजना हुने छ। मे १२ देखि २२ सम्म नेपालमा अमेरिका र स्कटल्यान्डसहित त्रिदेशीय श्रृंखला आयोजना गरिनेछ भने नेपालको ‘ए’ टोलीले ५० ओभरको खेल खेल्नेछ। २७ चैत, काठमाडौं। नेपाली क्रिकेट टोलीले यूएईसँग त्रिवि क्रिकेट मैदानमा दुई टी-२० आई खेल्न लागेको छ। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा आयोजना हुन लागेको नेपाल, ओमान र यूएईबीचको श्रृंखलाअघि नेपालले यूएईसँग दुई टी-२० आई खेल खेल्ने निर्णय गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार अप्रिल २० र २१ मा यी दुई खेल हुनेछ। खेलहरू त्रिवि क्रिकेट मैदानमा बिहान ९:३० बजेबाट सुरु हुनेछन्। लिग २ को श्रृंखला अप्रिल २५ देखि सुरु हुनेछ। नेपाल र यूएईबीचको यी खेलहरूलाई एसोसियट क्रिकेटको एल क्लासिक रूपमा लिइन्छ। पछिल्लो पटक यी दुइ टोली टी-२० विश्वकप छनोटमा भिडेका थिए। नेपालमा लिग २ को अर्को श्रृंखला पनि हुनेछ। मे १२ देखि २२ सम्म नेपाल, अमेरिका र स्कटल्यान्डसहित त्रिदेशीय श्रृंखला आयोजना गरिनेछ। त्यस्तै, नेपालको ‘ए’ टोलीले ओमान, स्कटल्यान्ड र अमेरिकासँग ५० ओभरको खेलहरू खेल्ने कार्यक्रम तय गरेको छ।