
२७ चैत, काठमाडौं । श्रम संस्कृति पार्टीबाट निर्वाचित २५ वर्षीया सांसद रुबीकुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकी छन् । शुक्रबार सम्पन्न उपसभामुख निर्वाचनमा उनले २२९ सांसदको मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी राप्रपाकी सरस्वती लामाले ५ मत पाए । रुबीकुमारीको समर्थनमा श्रम संस्कृतिसँगै रास्वपा, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका सांसदले पनि मतदान गरे । नेकपा एमालेका सांसदहरूले भने निर्वाचनमा भाग लिन सकेनन्।
निर्वाचन परिणाम घोषणा भएपछि रुबीलाई सबै सांसदहरूले बधाई दिएका छन् । बधाई दिँदा रुबी निकै खुसी मुद्रामा देखिइन् भने सांसदहरू पनि उत्साहित देखिए। उनीलाई सांसददेखि उपसभामुखसम्म पुर्याउन भूमिका निभाएकी श्रम संस्कृति पार्टीकी अध्यक्ष हर्कराज राई(साम्पाङ) पनि सांसदहरूको बधाई ग्रहण गर्दा रुबीसँगै उभिएर प्रसन्न देखिए।
तस्वीरहरू :






