Skip to main content

गृहमन्त्रीले कुरिनटारस्थित सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालयको निरीक्षण गर्नुभयो

२८ चैत, काठमाडौं। गृहमन्त्री सुधन गुरुङले चितवनको कुरिनटारमा अवस्थित सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयको निरीक्षण गर्नुभएको छ। शनिबार उहाँले सो तालिम शिक्षालय पुगेर निरीक्षण गर्नुभएको हो। निरीक्षणको क्रममा मन्त्री गुरुङले त्यहाँका समस्या र विपद् व्यवस्थापनसम्बन्धी कार्यहरूको विस्तृत जानकारी प्राप्त गर्नुभयो। निरीक्षणको समयमा गृहमन्त्री गुरुङले कम्तीमा पाँच किलोमिटरको दूरीमा हेलिप्याड स्टेशन स्थापना गर्ने निर्देशन दिनुभयो। निरीक्षण कार्यक्रममा सशस्त्र प्रहरी अधिकारीहरूको साथै चितवन जिल्ला सिडिओ गणेश अर्याल, सशस्त्र प्रहरीका एसएसपी भरत खनिया, सशस्त्र प्रहरी नायब महानिरीक्षक अन्जनी कुमार पोख्रेल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरी र ट्राफिक प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डे उपस्थित थिए।