
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता राजेन्द्र पाण्डेले २०४८ सालपछि सांसद र मन्त्री भएका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्। उनले भने, “सरकारले चाह्यो भने व्यवस्थित प्रणाली बनाएर छानबिन गर्नसक्ने र निष्पक्ष निकायमार्फत छानबिन हुनुपर्छ।” पाण्डेले दोषी प्रमाणित भए कारबाही भोग्न तयार रहेको पनि स्पष्ट पार्नुभयो।
पाण्डेले विगतदेखि नै सम्पत्ति छानबिनको माग उठाउँदै आएको बताउँदै, “हामीले सुरुदेखि नै भनेका छौँ। पटकपटक संसदमा उपस्थित भएर छानबिन गर्न भनेका छौँ, हामी तयार छौँ। २०४८ सालपछि सांसद मन्त्री जो जो भयौँ, छानबिनको लागि हामी तयार छौँ।” उनले छानबिन निष्पक्ष निकायमार्फत हुनुपर्नेमा जोड दिए।
पाण्डेले भने, “सरकारले चाह्यो भने छानबिन गर्नसक्छ, छानबिन गर्न कुनै मन लागेको व्यक्तिलाई एकल निर्णय दिनु हुँदैन, निश्चित प्रणाली बनाएर प्रक्रियाबाट छानबिन गर्नुपर्छ।” उनले कानूनी हिसाबले सरकारसँग छानबिन अधिकार रहेको पनि उल्लेख गरे।
पाण्डेले थपे, “छानबिनमा केही गल्ती कमजोरी भेटिए कारबाही भोग्न तयार छौं।”






