
कराते वान प्रिमियर लिगको फाइनलमा एरिका गुरुङ कजाखस्तानकी सोफिया बेरत्सेभासँग २-१ ले पराजित भइन्। एरिकाले सेमिफाइनलमा इटलीकी फेराकुट्टी क्लेलाई ८-३ ले पराजित गर्दै फाइनलमा प्रवेश गरिन्। एरिकाले क्वाटरफाइनलमा स्लोभाकियाकी मारिया जिबरेत जालालाई ८-० ले पराजित गरेकी थिइन्। २९ चैत, काठमाडौं।
कराते वान प्रिमियर लिगमा एरिका गुरुङले पुनः रजत पदक हात पारेकी छन्। आइतबार सम्पन्न फाइनलमा एरिका कजाखस्तानकी सोफिया बेरत्सेभासँग २-१ ले पराजित भइन्। एरिकाले सेमिफाइनलमा इटलीकी फेराकुट्टी क्लेलाई ८-३ ले पराजित गरेर फाइनल प्रवेश गरेकी थिइन्। यसअघि टर्कीमा आयोजित कराते वान प्रिमियर लिगमा पनि एरिका फाइनलमा सोफियासँग पराजित भइन्।
क्वाटरफाइनलमा एरिकाले स्लोभाकियाकी मारिया जिबरेत जालालाई ८-० ले पराजित गरेकी थिइन्। समूह चरणमा भने एरिकाले लगातार तीन खेल जितेकी थिइन्। मोन्टेनेग्रोकी जोमाना डामजानोभिचलाई २-० ले हराउँदा दोस्रो खेलमा डब्लुकेएफकी मारिया मालाखाभासँग सेन्युको आधारमा पराजित भइन्। मारियासँग १-१ बराबरी भएपछि एरिका सेन्युको आधारमा विजयी भएकी थिइन्। तेस्रो खेलमा जर्मनीकी जोहान्ना कानिरलाई २-१ ले हराएकी थिइन्।






