Skip to main content

फेसबुकमा सबैभन्दा धेरै पछ्याइने नेपाली बालेन शाह भएका छन्, सान्भी भगतलाई पछि पार्दै

प्रधानमन्त्री बालेन शाह सामाजिक सञ्जालमा सबैभन्दा धेरै पछ्याइने नेपाली व्यक्ति बनेका छन्। बुधबार बेलुका ५ बजेसम्म बालेनको फेसबुक फलोअर्स संख्या ४३ लाख ५१ हजार ३७४ पुगेको छ। उनले १९ माघमा फलोअर्स संख्यामा अभिनेत्री रेखा थापालाई पछि पारेका थिए।

काठमाडौं। हिपहप गायकसमेत रहेका प्रधानमन्त्री बालेन शाह सामाजिक सञ्जालमा सबैभन्दा धेरै पछ्याइने नेपाली (व्यक्तित्वतर्फ) बनेका छन्। उनले दोस्रो स्थानमा रहेको जनकपुरकी कन्टेन्ट क्रिएटर सान्भी भगतलाई पछाडि पारेका छन्। बुधबार बेलुका ५ बजेसम्म बालेनको फेसबुक फलोअर्स संख्या ४३ लाख ५१ हजार ३७४ छ भने दोस्रो स्थानमा रहेकी सान्भीको फलोअर्स संख्या ४३ लाख २० हजार ८५६ छ।

गत १९ माघमा बालेनले फलोअर्स संख्यामा अभिनेत्री रेखा थापालाई पछि पारेका थिए। रेखा थापाको फलोअर्स संख्या ३४ लाख ४९ हजार छ। यसै साता सम्पत्ति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री बालेनले आफ्नो आम्दानी सामाजिक सञ्जालबाट हुने बताएका थिए। हिपहप गायनबाट उदाएका बालेनको अफिसियल फेसबुक पेजलाई ‘म्युजिसियन’ र ‘ब्यान्ड’ को रुपमा चिनिन्छ।