
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयलाई मन्त्रालयमा प्रयोग भइरहेका सवारी साधनहरूको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। यस विवरणमा सवारीको ब्रान्ड, नम्बर, इन्धनको प्रकार, प्रयोगकर्ताको नाम, पद र सवारीको अवस्था समावेश गर्न भनिएको छ। उक्त विवरण ०८३/०१/०३ गते भित्र कार्यालय समयभित्र पठाउन सचिवस्तरीय निर्णय अनुसार अनुरोध गरिएको छ। २ वैशाख, काठमाडौं।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत आनन्दराम श्रेष्ठले सबै मन्त्रालयलाई सवारी साधनहरूको विवरण उपलब्ध गराउन आग्रह गर्दै पत्र पठाएका छन्। पत्रमा उल्लेख गरिएको छ, “मन्त्रालय तथा उक्त मन्त्रालय अन्तर्गतका विभाग/कार्यालयमा प्रयोगमा रहेका र मर्मत कार्य भइरहेको दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधनको विवरण तयार गरी उक्त विवरण कार्यालयमा मिति ०८३/०१/०३ को कार्यालय समय भित्र प्राप्त हुने गरी पठाउन व्यवस्था मिलाउन अनुरोध गर्दछौं।”
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विवरण पठाउँदा सवारीको ब्रान्ड, नम्बर, डिजेल/पेट्रोल/विद्युतीय इन्धनको किसिम, प्रयोगकर्ताको नाम र पदसहित सवारीको अवस्था स्पष्ट रूपमा समावेश गर्न निर्देशन दिएको छ।






