
२ वैशाख, काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले कम्पनी दर्ता तथा बन्द गर्ने प्रक्रियालाई सहज र सरल बनाउन सुझाव दिएका छन्। सभामुख अर्यालले बुधबार उद्योगमन्त्री गौरी कुमारीसँग भएको भेटमा कम्पनी दर्ता र बन्द प्रक्रियामा सुधार आवश्यक रहेको बताएका छन्। उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत सुधार पनि अनिवार्य रहेकोमा जोड दिएका छन्।






