Skip to main content

संविधानको ढाँचाभन्दा बाहिर केही लागू गर्ने छैनौं : अर्थमन्त्री वाग्ले

३ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले संविधानप्रति पूर्ण रूपले प्रतिबद्ध रहेको स्पष्ट गर्नुभएको छ। बिहीबार अर्थ मन्त्रालयमा आयोजित अन्तरसरकारी वित्त परिषद्को बैठकलाई सम्बोधन गर्दै उहाँले संविधानको ईमान्दारीपूर्वक कार्यान्वयनमा सरकारले अग्रसरता देखाएको र आवश्यक सुधारहरू संवैधानिक व्यवस्थाअनुसार नै गरिने बताउनुभयो। कतिपय वृत्तहरूले सरकार प्रचण्ड बहुमतको आधारमा संविधान नै परिवर्तन वा हटाउने सम्भावना रहेको आशंका गरेपनि उहाँले त्यस्ता आशंका असंगत रहेको स्पष्ट पार्नुभयो।