Skip to main content

इजरायली आक्रमणमा दक्षिण लेबनान जोड्ने अन्तिम पुल ध्वस्त भयो

३ वैशाख, काठमाडौं । इजरायली सेनाले बिहीबार गरेको मिसाइल आक्रमणमा दक्षिण लेबनानको अन्तिम सुरक्षित पुल पनि ध्वस्त भएको छ। बीबीसीका अनुसार, नबतिएह शहरमा आक्रमणपछि धुँवाको ठूलो बादल उठेको छ। लिटानी नदीमाथि रहेको सो पुल नबतिएह शहरमा रहेको छ, जहाँ ४० हजारभन्दा बढी मानिस बसोबास गर्छन्। यस आक्रमणपछि दक्षिणी लेबनानसँग जोड्ने कुनै पनि मार्ग बाँकी नरहेको लेबनानी अधिकारीहरूले जनाएका छन्।