Skip to main content

वान यूआई ८.५ बिटा अपडेटमार्फत ग्यालेक्सी एआईका नयाँ सुविधाहरू उपलब्ध

सामसुङले ग्यालेक्सी एस् २५ सिरिजका लागि ‘वान यूआई ८.५’ को आगामी बिटा अपडेटमार्फत नयाँ ‘ग्यालेक्सी एआई’ सुविधाहरू उपलब्ध गराउने भएको छ। यो अपडेट अप्रिल २०, २०२६ भित्र सार्वजनिक गरिने छ र यसमा एडभान्स्ड अडियो इरेजर, कल स्क्रिनिङ, क्रिएटिभ स्टुडियो र फोटो असिस्ट जस्ता एआई सुविधाहरू समावेश रहनेछन्। ग्यालेक्सी एस् २४ सिरिजका फ्ल्यागशिप फोनहरूमा पनि यी सुविधाहरू उपलब्ध हुने सामसुङले पुष्टि गरेको छ। ६ वैशाख, काठमाडौं।

सामसुङले आफ्नो पछिल्लो ग्यालेक्सी एस् २६ सिरिजसँगै ल्याएका नयाँ ‘ग्यालेक्सी एआई’ सुविधाहरू अब पुराना उपकरणहरूमा पनि उपलब्ध गराउने निर्णय गरेको छ। विशेषगरी ग्यालेक्सी एस् २५ सिरिजका प्रयोगकर्ताहरूले ‘वान यूआई ८.५’ को आगामी बिटा अपडेटमार्फत यी सुविधाहरू प्रयोग गर्न पाउनेछन्। यो अपडेट अप्रिल २०, २०२६ भित्र सार्वजनिक हुने सम्भावना रहेको छ।

यस अपडेटमा समावेश हुने केही मुख्य एआई सुविधाहरू यस प्रकार रहेका छन्: एडभान्स्ड अडियो इरेजर जसले इन्स्टाग्राम, नेटफ्लिक्स र युट्युब जस्ता एपहरू चलाउँदा अनावश्यक आवाजहरू कम गर्न मद्दत गर्छ। प्रयोगकर्ताले ‘क्विक प्यानल’ बाटै यो सुविधा सक्रिय गरी आवाजको स्तर समायोजन गर्न सक्नेछन्।

कल स्क्रिनिङले व्यस्त अवस्थामा एआईले तपाईँको सट्टा फोन पक्रिनेछ र कलरको परिचय तथा फोन गर्ने उद्देश्य सोध्नेछ। क्रिएटिभ स्टुडियो एपको सहयोगले प्रयोगकर्ताहरूले निमन्त्रणा कार्ड, स्टिकर र वालपेपरहरू डिजाइन गर्न सक्नेछन्। फोटो असिस्टको नयाँ संस्करणले टेक्स्ट प्रम्प्टको आधारमा फोटो सम्पादन गर्न अनुमति दिनेछ। आरम्भमा यी सुविधाहरू एस् २६ सिरिजका लागि मात्र सीमित रहने चर्चा भएता पनि कम्पनीले पछि यी सुविधा पुराना उपकरणहरूमा पनि उपलब्ध गराउने पुष्टि गरेको छ।