एनएआरएफका सचिव शहदेब ब्यञ्जनकारले लण्डन म्याराथनमा सहभागिता जनाउने, संघद्वारा विदाई

नेपाल एडभेन्चर रनिङ फेडेरेसनका केन्द्रीय सचिव शहदेब ब्यञ्जनकारले टिसिएस लण्डन म्याराथन २०२६ मा दौडने भएका छन्। ब्यञ्जनकारलाई नेपाल एडभेन्चर रनिङ फेडेरेसनले सातदोबाटोस्थित संघको कार्यालयमा विदाई गरेको छ। संघका अध्यक्ष एकेन्द्र कुँवरले नयाँ सरकारले साहसिक खेलकुदलाई प्राथमिकता दिएको र सरकारले सहयोग गर्ने अपेक्षा राखेको बताए।
ब्यञ्जनकारले विगतमा अमेरिका को न्युयोर्क सिटी म्याराथन, शिकागो म्याराथन र जर्मनीको बर्लिन म्याराथनमा दौडिसकेका छन्। लण्डन म्याराथन २०२६ यही अप्रिल २६ मा आयोजना हुँदैछ। विदाई कार्यक्रममा ब्यञ्जनकारले भने, “मलाई विदाई हुने अभ्यास नभएको थियो, तर मेरो अभिभावक संस्थाले विदाई गर्दा खुसी महसुस भएको छ।”
संघका अध्यक्ष एकेन्द्र कुँवरले ब्यञ्जनकारको सहभागिताले लण्डन म्याराथनमा नेपाल एडभेन्चर रनिङ फेडेरेसनको उपस्थिती अनुभूत हुने बताए। उनले नयाँ सरकारले साहसिक खेलकुद र ट्रेल, अल्ट्रा रनिङलाई प्राथमिकतामा राखेको भन्दै सरकारबाट राम्रो साथ र सहयोगको अपेक्षा व्यक्त गरे।






