
समाचार सारांश चितवनको इच्छाकामना-३ स्थित कुरिनटारमा साँझ ५ बजेदेखि साढे ५ बजेसम्म आँधीपहिरोसहित भीषण ओला पानी परेको छ। आँधीपहिरोका कारण यहाँका घरका बरालोहरू उडेका छन् र खुला ठाउँमा पार्किङमा राखिएका सवारीसाधनका सिसा फुटेका छन्। रुखका हाँगा फुट्दा घर र टहरामा क्षति पुगेको छ। ६ वैशाख, काठमाडौं। चितवनको इच्छाकामना-३ स्थित कुरिनटारमा साँझ ५ बजे देखि साढे ५ बजेसम्म तेज आँधीपहिरोसहित भीषण ओला पानी परेको छ। आँधीपहिरोले यहाँका घरका बरालो उडाएका छन्। त्यस्तै खुला क्षेत्रहरूमा पार्किङमा रहेका गाडी र मोटरसाइकलका सिसा फुटेका छन्। साँझको समयमा भएको यो घटनाले रुखका हाँगा फुटाएर घर तथा टहरामा समेत क्षति पुर्याएको छ।






